बन्द प्रशिक्षणका लागि क्यानले छनौट गर्‍यो १८ खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले १९ वर्ष मुनिको महिला टी-२० विश्व कप एशिया क्वालिफायरको तयारीका लागि १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कार्यक्रम अनुसार नोभेम्बर २०२४ मा सञ्चालन हुने आईसीसी १९ वर्ष मुनिको महिला टी-२० विश्व कप एशिया क्वालिफाइयर प्रतियोगिताका लागि १९ वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेटको तयारीका लागि बन्द प्रशिक्षणमा १८ खेलाडी छनौट गरिएको प्रवक्ता छुम्बी लामाले जानकारी दिए । बन्द प्रशिक्षण ३० असोजदेखि भैरहवामा हुने प्रवक्ता लामाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार,सना प्रविन, पुजा महतो, सावित्री धामी, कृश्मा गुरुङ र ज्योत्स्निका मरासिनी,स्नेहा महरा, सोनि पाख्रीन, भवानी कामती, सिमान केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरण कुमारी कुँवर र रन्जु श्रेष्ठ बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *