दशैंपछि बढ्यो सुनको मूल्य

काठमाडौं । दशैंपछि सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ । सुन आज (मंगलबार) १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ ।

दशैंअघि २३ गते प्रतितोला १ हजार ९ सय  रुपैयाँ रहेको चाँदी आज रु २५ ले बढेर १ हजार ९ सय २५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *