इराकी प्रधानमन्त्री भन्छन्– हामी युद्धविराम चाहन्छौँ

काठमाडौं । इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले इराकले युद्धविरामबाट मध्यपूर्वमा द्वन्द्वको विस्तारलाई रोक्ने काम गरिरहेको बताएका छन् ।

अल–सुदानीले भ्रमणमा रहेका इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र उनको साथमा रहेको प्रतिनिधिमण्डलसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् ।

आफ्नो क्षेत्रीय भ्रमणको एक भागको रूपमा क्षेत्रीय सुरक्षा घटनाक्रमबारे छलफल गर्न अराघची औपचारिक भ्रमणका क्रममा बगदाद पुगेका थिए । अराघचीले इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदसँग पनि भेट गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *