सुरक्षा निकायको कमजोरीले सरकारको आलोचना भयो : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायको कमी कमजोरीले सरकारले आलोचना व्यहोर्नु परेको बताएका छन् ।

६९ औँ प्रहरी दिवसको अवसरमा बोल्दै उनले सुरक्षा निकायको कमी कमजोरीले सरकारले आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्नुपर्ने बताए ।

‘सुरक्षा निकायको कमी कमजोरीले सरकारको आलोचना हुन्छ’उनले भने‘थप सतर्कताका साथ काम गर्नुपर्छ ।’

गृहमन्त्री लेखकले राज्यको नागरिकसँग सम्पर्क सुत्र नै प्रहरी भएकाले नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि आफ्नो भूमिका सदैव सहयोगी रहने प्रतिबद्धता जनाए ।

उनले मुलुकभर महिला तथा बालबालिकामाथि हुने हिंसा, कसूरजन्य कार्य, भेद्भाव छुवाछुतलगायतका आपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानुनको दायरामा ल्याउन निर्देशन पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *