एञ्जिलाको कप्तानीमा साफ खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । साबिकको उपविजेता नेपालले सोमवार महिला साफ च्याम्पिनसिप खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक तामाङले एञ्जिला तोम्बाप्पो सुब्बाको कप्तानीमा राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन् ।

फरवार्डमा सावित्रा भण्डारीसहित रेखा पौडेल, अनिता केसी र रश्मिकुमारी घिसिङ छन् ।

मिडफिल्डमा रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिशा कार्की र विमला चौधरी छन् ।

डिफेन्समा गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल र सजनी थोकर छन् । गोलकिपरमा कप्तान एञ्जिलासँगै अन्जना रानामगर र उषा नाथले स्थान बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *