घट्यो बैंकहरुको ब्याजदर,कुन बैंकको ब्याजदर कति ?

काठमाडौं । आगामी कात्तिक महिनाको लागि बैंकहरूले मुद्धती निक्षेप ब्याजदर घटाएका छन्।

आगामी कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । असोजको लागि वाणिज्य बैंकहरूले मुद्धती निक्षेपमा औसत ६.४ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो।

बैंकहरूले कात्तिकका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.१४ प्रतिशत छ। एउटा बैंकले भने ब्याजदर बढाएको छ। सानिमा बैंकको ब्याजदर सामान्य बढेको हो । नौं वटा बैंकको ब्याजदर सामान्य घटेको छ। बाँकीको स्थिर छ।

अहिले सबैभन्दा धेरै ब्याजदर एनआइसी एशिया बैंकले दिने भएको छ। बैंकले ६.९९ प्रतिशतसम्म ब्याज दिने भएको हो।कर्जाको वृद्धिदर समान्य रहेपछि धेरै बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर केही भएपनि घटाएका हुन्।

चाडपर्वको कारण कर्जा माग बढ्न सकेको छैन। बैंकहरूले साधारण बचतको ब्याजदर न्यूनतम ३ प्रतिशतसम्म पनि दिइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *