मुक्तिनाथ विकास बैंक र iDE Nepal बीच साझेदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र iDE Nepal  को सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र iDE Nepal  को तर्फबाट कन्ट्री डाईरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका हुन् ।

उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैङ्कले जनाएको छ । दुवै संस्थाहरूको साझेदारीले वित्तीय सुधार सहितको समावेशिता, ग्रामीण विकासमा टेवा, साना किसानहरूलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरण लगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा गरिएको बैङ्कले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *