आर्थिक अपराध नियन्त्रण र अनुसन्धान गर्न ब्युरो स्थापना हुन्छ : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना गर्ने बताएका छन् ।

बुधवार प्रहरी प्रधान कार्यालयमा ६९ औं नेपाल प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना सम्बन्धी अवधारणा तयार गरी तालुक गृह मन्त्रालयमा स्वीकृतार्थ पेस गरेको बताए । उनले नेपाल प्रहरीको कुल स्वीकृत दरबन्दी ७९ हजार ५४१ रहेकोमा हाल कार्यरत जनशक्ति ७५ हजार ६८६ रहेको बताए । उनले हाल नेपाल प्रहरीका स्वीकृत २ हजार ६ सय ६० प्रहरी इकाई मध्ये १ हजार ४२ इकाइको आफ्नो जग्गा नरहेको बताए ।

उनले ७९१ इकाइको आफ्नो कार्यालय भवन नरहेको बताए । उनले ३७० इकाइले भाडामा र ४४१ इकाइले अन्य निकायको भवनमा रहेर सेवा प्रवाह गरिरहेको जानकारी दिए ।

उनले भने  ‘वर्तमान अवस्थामा चुनौतीको रुपमा रहेको विभिन्न स्वरूपमा हुने आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना सम्बन्धी अवधारणा तयार गरी तालुक गृह मन्त्रालयमा स्वीकृतार्थ पेस भएको ब्यहोरासमेत निवेदन गर्न चाहन्छु । नेपाल प्रहरीको संस्थागत विकासको श्रेय निःसन्देह हाम्रा अग्रज सदस्यहरूलाई जान्छ । उहाँहरुले देखाउनुभएको व्यावसायिकता र आधुनिकीकरणको मार्ग पहिल्याउँदै आज हामी यस क्षणमा आइपुगेका छौँ ।’

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आधुनिकीकरण, साङ्गठनिक सुदृढीकरण र संस्थागत विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *