टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं । टर्कीमा बुधवार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । टर्किएको प्रकोप एजेन्सीले केन्द्रबिन्दु दक्षिणी मलात्या प्रान्तको काले जिल्लामा रहेको बताएको छ ।

भूकम्प करिव १०.०७ किलोमिटर गहिराईमा गएको थियो । त्यहाँ कुनै क्षति हुन नपाएको बताइएको छ । भूकम्पको धक्का यस क्षेत्रका दियारबाकिर, इलाजिग, कहरामनमारास, टोकाट, एर्जिनकान, टुन्सेली र अदियामान प्रान्तमा पनि महशुस गरिएको थियो ।

सावधानीका रूपमा विद्यालयहरू एक दिनका लागि बन्द गरिएको बताइएको छ । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले भूकम्पपछि टोलीले क्षेत्रमा फिल्ड स्क्यान सुरु गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *