शान्त र संयममतापूर्वक सामान्य रुपमा चाडवाड मनाऔँ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार, छठ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रह गरेका छन् ।

दशैँ,तिहार, छठ, नेपाल संवत, उँधौली पर्व लगायतमा तडकभडक, फजुल खर्च बढी हुने गरेको भन्दै शान्त, संयम र आत्मीयताका साथ मनाउन आह्वान गरेका हुन् ।

महामन्त्री शर्माले दशैँपर्व शुरु हुनुपूर्वको विपद्बाट नेपालले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै मृत आत्माको चीर शान्तिको कामना समेत गरे ।

उनले विपद्मा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारजनमा समवेदना प्रकट गरे ।

उनले शान्त र संयमसँग सामान्य चाडपर्वहरु मनउनुपर्ने बताए । दीपावलीको दीपसँगै सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्नुपर्ने बताए ।

उनले भने– ‘दशैँपर्व मनाउन शुरु गर्नु भन्दा दुई साता जति अघि मात्रै हामीले २ सय भन्दा बढी आफन्तहरुलाई गुमायौँ, बाढी र पहिरोको चपेटामा परेर । दशैँ मनाउँदै गर्दा हामीले शुभकामना आदानप्रदान त गर्‍यौँ । तर सँगै दिवंगत आत्माको शान्तिको कामना पनि गर्‍यौँ । ति परिवारजनलाई यो बेला पनि सम्झौँ । जब तिहार मनाउने तयारी हामी गर्दैछौँ । शान्त र संयमसँग सामान्य रुपमा तिहार मनाऔँ । तडकभडक नगरीकन, फजुल खर्च नगरीकन चाडपर्व मनाऔँ । ति सबैको आत्माको शान्तिको कामना गर्दै हामी यि पर्वहरु मनाऔँ । म स्वदेश र विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा, दिदिबहिनी र दाजुभाईहरुलाई आउँदै गरेको तिहार (दीपावली), छठ, नेपाल संवत, उँधौली पर्व, सबैको हार्दिक शुभकामना दिन चाहन्छु । यो पर्वले हामी सबैको बीचमा आत्मीयता र प्रेम अभिवृद्धि गर्न सकोस् । दीपावलीको दीपसँगै हामी सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्न सकोस् । सबैलाई धेरै धेरै शुभकामना ।’

महामन्त्री शर्माले आउँदै गरेको तिहार, छठ, नेपाल संवत, उँधौली पर्वको शुभकामना समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *