रवि लामिछानेलाई पक्राउ गर्ने विषयमा बालुवाटारमा छलफल

काठमाडौं । सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा शीर्ष तीन दलबिच छलफल भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष तीन राजनीतिक दलका नेताहरूको बैठकमा सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल भएको हो ।

बैठकमा सहकारी प्रकरणमा दोषी देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी छानबिन समितिको प्रतिवेदनका विषयमा सामान्य कुरा राखेका थिए ।

‘सहकारीकै विषयमा त छलफल भएन, शीर्ष नेताहरू बसेको बेलामा कुरा त उठ्ने नै भयो,’ती नेताले मकालुखबरसँग भने,‘प्रतिवेदनले भने अनुसार नै कारबाही र कार्यान्वयन गर्नुपर्छ भन्ने मत सबैले राख्नुभयो ।’

प्रधानमन्त्रीको सहकारीको प्रसङ्ग उठाएपछि बैठकमा सहभागी नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, नेकपा(माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले पनि उक्त प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *