साफ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात, पाकिस्तानको पोस्टमा हान्यो पाँच गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा भारतले विजयी सुरुवात गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलले पराजित गर्‍यो ।

खेलमा भारतले चौथो मिनेटमै ग्रेसको गोलबाट अग्रता लियो । १६ मिनेटमा मनीषाले अग्रता दोब्बर पार्दा ३५ मिनेटमा बालादेवीले भारतका लागि तेस्रो गोल गरिन् ।

४२ मिनेटमा पाकिस्तानकी मरिया खानले आफ्नै पोस्टमा गोल गर्दा भारत पहिलो हाफमा ४–० गोलले अघि रह्यो ।

पाकिस्तानले दोस्रो हाफको सुरुवातमै दुई गोल गर्दै खेलमा फर्कने कोसिस गर्‍यो । पाकिस्तानका लागि सुहा हिरानीले ४६ र केला शिद्धिकीले ४७ मिनेटमा गोल गर्न सफल भए ।

तर त्यसपछि पाकिस्तानमाथि भारत हाबी भयो । भारतका लागि ७७ मिनेटमा ज्योतिले पाँचौँ गोल गर्दा भारत जिततर्फ अघि बढेको थियो ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको आयोजक नेपालले भोलि आफ्नो पहिलो खेल खेल्दै छ ।

नेपालले भोलि साँझ साढे ५ बजे भुटानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *