अस्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं । आईसीसी टी-२० महिला विश्वकपको सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ ।

अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । दक्षिण अफ्रिकाको जितमा एनेक बोश ४८ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा नट आउट भइन् ।

लौरा वोल्भार्ड ३७ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा नट आउट रहिन् । अस्ट्रेलियाकी अन्नाबेल सदरल्याण्डले २ विकेट लिएकी थिइन् ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

अस्ट्रेलियाकी बेथ मुनीले ४२ बलमा २ चौकासहित सर्वाधिक ४४ रन बनाइन् । एलेस पेरीले २३ बलमा २ चौकासहित ३१, तहलिया म्याकग्राथले २७ रन बनाइन् ।

आज न्युजिल्यान्ड र वेष्टइण्डिजबीच दोस्रो सेमिफाइनल खेल हुनेछ भने आइतबार फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *