इजरायली आक्रमणमा मारिए हमासका प्रमुख सिनवार

काठमाडौं । गाजामा भएको आक्रमणमा हमासका प्रमुख नेता याह्या सिनवार मारिएका छन् । इजरायलले यसको पुष्टि गरेको छ ।

​गाजामा इजरायली सेनाले गरेको कारबाहीमा उनी मारिएको गएराति पुष्टि भएको हो । यसैगरी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि सिनवार मारिएको पुष्टि गरेको समाचारमा उल्लेख छ । उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो ।

सिनवार गत अक्टोबर ७ मा भएको आक्रमणको मास्टरमाइन्ड हुन् । हमासको राजनीतिक प्रमुख भएपनि सिनवारले गाजा क्षेत्रका सुरुङबाट काम गरिरहेका थिए । इजरायलले यसअघि पनि सिनवारलाई मार्ने धेरै प्रयास गरेको थियो ।

सिनवारको मृत्युबारे हमासको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।​

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *