इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

इनरुवा । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा रु १५ करोड बराबरको क्षति भएको छ । धरान उपमहानगरपालिकामा रु १३ करोड पाँच लाख र दुहबी नगरपालिकामा रु एक करोड २० लाख र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

इनरुवामा दुई बिघामा गरिएको सागसब्जी तथा केराखेतीमा पनि क्षति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *