सुनको मूल्यले फेरी कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । आज (शुक्रबार) सुनको मूल्य तोलामा २ हजार बढेको छ ।

हिजो प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै हिजो प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *