प्रेस विज्ञप्ति

सिद्धार्थ बैङ्कका ग्राहकहरूलाई र्याडिसन होटेलमा २०% सम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र र्याडिसन होटेल (लाजिम्पाट, काठमाडौँ) बीच बैङ्कका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैङ्कका ग्राहकहरूले लाजिम्पाट स्थित र्याडिसन होटेलमा बैङ्कका विभिन्न कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *