रगत सङ्कलनमा कमी आएसँगै प्लेटलेट रिच प्लाज्माको माग बढ्यो : निर्देशक गुप्ता

काठमाडौँ । डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ ।

बाढी, पहिरो, डेंगु र चाडबाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रूपमा माग पनि दसैँ तिहारले गर्दा पहिलाको तुलनामा संकलन र माग कम भएको बताए ।

उनले अहिले डेंगु बढेकाले प्लेटलेट रिच प्लाज्माको भने माग बढेको बताए । उनले प्लेटलेटको माग दिनानुदिन बढ्दै गएपनि दसैँ,तिहार जस्ता चाडपर्वले मानिसहरू घर जाने र रगत संकलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको बताए । उनले रातो रगत, होल ब्लडहरू भने रेडक्रससँग पर्याप्त रहेको बताए ।

उनले पिआरपीको लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरूको कमीका कारण माग पूरा गर्न कठिन भएको बताए । उनले एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी माग हुने गरेको बताए । अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको पनि बताए । निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रूपमा रगत संकलन गर्नुपर्ने बताए । नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट आह्वान गरे ।

उनले भने ‘अहिले दैनिक रूपमा माग पनि दसैँ तिहारले गर्दा पहिलाको तुलनामा कम देखिएको छ तर प्लेटलेट प्रोडक्ट (पिआरपी) र प्लेटलेट कन्सर्टेटको माग अत्यधिक रूपमा बढेको छ । यो बढ्नुको पछाडि मुख्य कारण हो, जुन अहिले डेंगुको संक्रमण जुन बढिरहेको त्यसले प्लेटलेटको माग बढेको छ । हामीसँग प्लेटलेट बाहेकको प्रोडक्टहरु जस्तै रातो रगत, होल ब्लडहरू पर्याप्त मात्रामा छ । नभएको पिआरपी हो । पिआरपीको माग बढ्दो माग भएको कारणले गर्दा पिआरपीको लागि हामी स्ट्रगल गरिरहेका छौँ । कसरी पुर्याउने र यसको व्यवस्थापनको लागि प्रत्येक दिन ब्लड कलेक्सन हुनुपर्छ । पिआरपी बनाउनको लागि हामीलाई फ्रेस ब्लड चाहिन्छ । रगत कलेक्सन भएको ६ देखि ८ घण्टाभित्र हामले पिआरपी छुट्याउनुपर्छ । स्टक ब्लडबाट यो बनाउन मिल्दैन । दसैँदेखि तिहारसम्म हाम्रो डोनेशन संख्या घट्छ वर्षौंदेखि । एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी प्रोडक्ट माग हुन्छ । हामीले अहिले ६० देखि ७० प्रतिशत माग पूरा गर्न सकेका छौँ ।’

उनले बढी रगत संकलनका लागि आवश्यक पहलकदमी भइरहेको पनि बताए । उनले डेंगुको महामारी जारी रहेकाले रगतको अभाव भइरहेको भन्दै सबैले रक्तदान गर्न आह्वान गरे । प्रत्येक दिन एक सयदेखि डेढ सय युनिट रगत प्लेटलेट बनाउन ब्यागमा रगत संकलन गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *