अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की

काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।

मुम्बईमा एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता खानलाई ज्यान मार्ने धम्की आएको हो ।

भारतीय सञ्चारमाध्यम जी न्युजकाअनुसार धम्की दिने व्यक्तिले आफूलाई लरेन्स गिरोहको सदस्य रहेको बताएका छन् ।

उक्त व्यक्तिले मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेजमार्फत सो धम्की पठाइएका हुन् ।

मुम्बई पुलिसका अनुसार उक्त म्यासेजमा यस्तो लेखिएको थियो ‘यसलाई हल्का रूपमा नलिनुहोस् । यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ ।’

सो पश्चात् मुम्बई पुलिसले सलमानको सुरक्षा बढाइएको छ भने सन्देश पठाउने व्यक्तिको पनि खोजी गरिदैँछ ।

गत अक्टोबर १२ मा सलमानका निकट सहयोगी र एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *