अन्ततः अमेरिकाले सन्दीपलाई दियो भिसा

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

टी–२० विश्वकपदेखि भिसा नपाएका सन्दीपले विश्वकप लिग–२ का खेलहरूका लागि भिसा पाएका हुन् ।

अमेरिकाले भिसा दिएसँगै सन्दीप शुक्रवार नै अमेरिका प्रस्थान गर्नेछन् ।

विश्वकप लिग–२ शृङ्खला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड पेरी रङ्गशालामा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *