रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न रवि लामिछानेविरुद्र्ध पक्राउ पुर्जी जारी भएको हो ।

कास्की जिल्ला अदालतले रवि लामिछानेलाई पक्राउ गर्न भनी अनुमति दिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले मकालुखबरलाई जानकारी दिए ।
अदालतको अनुमतिपछि काठमाडौँबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सुर्यदर्शन सहकारीको रकम गोर्खा मिडीया नेटवर्कमा ल्याएर अपचलन गरेको मुद्धा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *