सीआईबीको टोली रास्वपा कार्यालयमा, रविलाई पक्राउ गरिँदै

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रास्वपाको कार्यालयमा पुगेको छ ।

सभापति रवि लामिछानेलाई पक्राउ गर्न सीआईबीको टोली परिचालित भएको हो ।

सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई पक्राउ गन सीआईबीको टोली परिचालित भएको हो ।

रास्वपा कार्यालय बाहिर प्रहरीको बाक्लो उपस्थिति छ । सूचना सङ्कलनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ ।

स्रोतका अनुसार, लामिछानेलाई पक्राउ गरेर शुक्रवारै कास्की पठाउने तयारी छ । जिल्ला अदालत, कास्कीले रविलाई पक्राउ गर्न शुक्रवार अपराह्न अनुमति दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *