धान काट्न व्यस्त बन्दै भक्तपुरका किसान (तस्बिरहरू)

काठमाडौँ । भक्तपुरका किसानहरू यतिखेर धान काट्न व्यस्त बन्दै छन् । पहेँलै झुली रहेका धानका बालाहरूले उनीहरूलाई नै कुरिरहे झैँ देखिन्छ । दसैँ सकिए लगत्तै किसानहरू धान काट्न व्यस्त बनेका हुन् । एकपछि अर्को गर्दै खेतमा धानका बोटहरू रित्तिदै छन् ।

एकाबिहानै भक्तपुर दुवाकोटका किसान मानबहादुर बस्नेतसहित १० जना खेताला धान काट्न जम्मा भएका छन् । उनीहरूले करिब डेढ रोपनी जग्गामा रोपेको धान काटेका छन् । बिहान ७ बजेदेखि काट्न सुरु गरेको धान ९ बजेसम्म काटिसकेको किसान बस्नेतले बताए । उनले यसपालि भारी वर्षासँगै आएको भलले गर्दा धानबाली बिग्रिएको बताए ।

उनले भने ‘यसपालि भलले धान बिगार्यो । धन्न राखेको यति त । धान फलेकै भन्नुपर्यो ।’

उनले खेत नजिकैको खोल्सामा आएको भलले धान बिगारे पनि फलेको बताए ।

हेर्नुहोस् तस्बिरहरू :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *