रवि लामिछाने पक्राउको विरोधमा उत्रियो रास्वपा,काठमाडौं र पोखरामा प्रदर्शन गर्दै

काठमाडौं । राष्ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि कार्यकर्ता विरोधमा उत्रिएका छन् । पूर्व गृहमन्त्री समेत रहेका सभापति लामिछाने पक्राउ विरुद्ध रास्वपाले आज (शनिवार) काठमाडौं र पोखरामा विरोध प्रदर्शन गर्दैछ ।

बिहान ११ बजे पोखरा चिप्लेढुंगा र दिउँसो १ बजे काठमाडौंको माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो ।

सभापति लामिछानेलाई शुक्रवार साँझ पार्टी कार्यालयबाटै पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको थियो ।

सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले लामिछानेले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *