चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा

काठमाडौँ । चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आएका छन् ।

शनिवार मध्यान्ह उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् ।

उनलाई सहयोग गर्न नेपालस्थित चिनियाँ राजदूतावासका कर्मचारीहरू विमानस्थल पुगेका थिए । घांग हाल छिन्घाईको कम्युनिष्ट पार्टी सचिवको रूपमा सेवारत छन् । यसअघि उनले अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनको कम्युनिष्ट पार्टीको सचिवको रूपमा काम गरेका थिए ।

नेपाल भ्रमणका क्रममा उनले राजनीतिक व्यक्तित्वहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *