इजरायली प्रधानमन्त्री नेतन्याहुको हत्या प्रयास

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ ड्रोन हमला भएको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो हत्या गर्ने कोसिसमा हेजबुल्लाहले ड्रोन प्रहार गरेको बताएका छन् । उनले यसको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

नेतन्याहुको समुद्र किनारमा अवस्थित सिजेरिया शहरमा रहेको घरमा नजिक लेबनानको तर्फबाट शनिबार ड्रोन प्रहार भएको हो । लेबनानले ५५ वटा ड्रोन प्रहार गरेको इजरायली सेनाले जनाएको छ । तीमध्ये तीनवटा मानवरहित ड्रोन इजरायली भूमिमा प्रवेश गरेका थिए । ती तीनमध्ये एउटा ड्रोन सिजेरिया शहरको एक भवनमा ठोक्किएको बताइएको छ । उद्यपि उक्त त्यो समयमा नेतन्याहु सिजेरियाको घरमा भने थिएनन् ।

प्रधानमन्त्री नेतन्याहुले हिजबुल्लाहले हत्याको कोसिस गरेर ठूलो गल्ती गरेको बताए । लेबनानको तर्फबाट आक्रमण भएपछि इजरायलले पनि त्यहाँ आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *