टी-२० आई सिरिज : नेपाल र अमेरिकाबीचको खेल सुपरओभरमा

काठमाडौं । टी-२० आई सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेल सुपर ओभरमा गएको छ । आइतबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा भएको खेलमा अमेरिकाले निर्धारित ओभरमा आठ विकेट गुमाएर १७० रन मात्र बनाएपछि खेल सुपरओभरमा गएको हो ।

अन्तिम दुई बलमा अमेरिकालाई दुई रन चाहिएको थियो । पाँचौ बलमा अली खानले एक रन लिँदा अन्तिम बलमा दुई रन चाहिएको थियो। दुई रन लिने क्रममा जस्दिप सिंह रनआउट भए ।

बलिङमा नेपालका करण केसीले ३ विकेट र सोमपाल कामीले २ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा ९२ रन बनाए ।

करण केसीले ६ रन बनाए । ओपनर आसिफ सेख एक रनमा आउट भए । अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गर्दा गुल्सन झाले १२ बलमा १९ रन बनाए । कप्तान रोहित पौडेलले १४ बलमा १८ रनको योगदान गरे । त्यस्तै दीपेन्द्रसिंह ऐरीले दुई रन मात्रै बनाउन सके ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *