पर्यटन व्यवसायी मिश्रको निधन

काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा ७२ वर्षीय मिश्रको आइतबार बिहान निधन भएको परिवारिक स्रोतले जनाएको छ । डेंगु संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

मिश्रको शव अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिएको छ ।त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका थिए । मिश्रका श्रीमती र एक छोरा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *