सुनको मूल्यले फेरी कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्य फेरी बढेको छ । आइतबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ  । सुनको मूल्य तोलामा १ लाख ६५ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको छापावाल चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *