निषेधित क्षेत्रभित्र प्रवेश गरी रास्वपाको प्रदर्शन,स्थिती तनाबग्रस्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले निषेधाज्ञा तोडेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीले सुचना जारी गर्दै तोकेको निषेधित क्षेत्र तोडेर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

उनीहरुले पोखरास्थित सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रमा तोकिएको निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीसंग झडप समेत भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपा नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् । निषेधित क्षेत्रभित्र प्रवेश गरी रास्वपा कार्यकर्ताले प्रदर्शन गरेपछि स्थिती तनाबग्रस्त बनेको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न प्रहरीले रास्वपा सभापति लामिछानेलाई शुक्रवार साँझ पक्राउ गरेपछि नेता,कार्यकर्ता आन्दोलित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *