‘भ्रष्ट एमालेलाई रु. १ सहयोग’ भन्दै विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले भ्रष्ट एमालेलाई रु. १ सहयोग भन्दै विरोध प्रदर्शन गरेको छ ।

नेकपा एमालेको पार्टी कार्यालय निर्माणको लागि रु. १ सहयोग सङ्कलन भन्दै अखिल क्रान्तिकारीले आइतबार नेपाल ल क्याम्पस अघि साङ्केतिक विरोध प्रदर्शन गरेको हो ।

उक्त प्रदर्शनीमा एमाले पार्टी कार्यालय निर्माण गर्न आम जनताबाट प्रतिकात्मक रूपमा रु. १ उठाइएको छ ।

प्रदर्शनकारीहरूले ‘भू माफिया प्रधानमन्त्री केपी ओली’, ‘भ्रष्ट एमालेलाई रु. १ सहयोग’, ‘तपाई जनताको प्रधानमन्त्री की भ्रष्ट व्यापारीको ?’, ‘महाकाली सम्धीले अझै पुगेन प्रधानमन्त्री ज्यु, कति भ्रष्टाचार गर्छौ ?’ भन्ने नारासहित विरोध प्रदर्शन गरेका छन् ।

भाटभेटनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाइदिने भनेपछि अखिल क्रान्तिकारीले कमिसनमा मोलाहिजा भएको भन्दै विरोध जनाएको हो ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *