अदालतले मलाई न्याय दिन्छ, न्यायालयप्रति धेरै विश्वास छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतले आफूलाई न्याय दिने कुरामा विश्वस्त रहेको बताएका छन् ।

लामिछानेलाई शुक्रवार साँझ पार्टी कार्यालयबाटै पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको थियो ।

हिरासतमा राख्न म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले वर्तमान ओली सरकार रहँदासम्म जनताले धेरै दुख पाउने र झुटा मुद्दामा मान्छेलाई फसाउने काम भइरहने बताएका छन् । रवीले उनलाई जस्तै प्रधानमन्त्री केपी ओलीलाई पनि छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस हुने दाबी गरे ।

उनले भने ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ, मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।

उनले आफ्ना पार्टी कार्यकर्तालाई सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि आह्वान गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *