रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो । लामिछानेमाथि सूूर्यदर्शन बचत तथा ऋण सहकारीको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान हुनेछ ।

शुक्रवार सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज आइतबार म्याद थपका लागि अदालत लगिएको थियो । सभापति लामिछानेलाई अदालतमा उपस्थित गराइरहँदा बाहिर भने उनका समर्थकले नाराबाजी गरेका थिए ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता डा.नारायणदत्त कँडेल, सुवास आचार्य, नारायण घिमिरे लगायतले बहस गरेका थिए ।

लामिछानेलाई शुक्रवारबाट गणना हुने गरी पहिलो पटक ५ दिन हिरासतमा राख्न अनुमति मागिएको थियो ।

सम्भाव्य सुरक्षा अवस्थालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको सहिदचोक र आसपासको क्षेत्रलाई तोकेर निषेधाज्ञासमेत जारी गरेको थियो ।

समर्थकबाट निषेधाज्ञा तोड्ने प्रयास भइरहँदा प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गरी भीडलाई त्यहाँबाट हटाएको थियो ।

सहकारी पीडितका साथै सभापति लामिछानेका समर्थक दुबै पक्षका छुट्टैछुट्टै प्रदर्शनका कार्यक्रम तय भएसँगै प्रशासनले बिहानैदेखि पोखराको सुरक्षा व्यवस्था कडा गरेको थियो । जिल्ला अदालत परिसर आसपासमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सभापति लामिछाने समर्थकको ¥याली पोखराको पृथ्वीचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *