एकीकृत समाजवादीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ : नेता श्रेष्ठ 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले पार्टीलाई आन्तरिक रुपमा एकताबद्ध बनाउनुपर्ने बताएका छन् ।
आइतबार कुराकानी गर्दै नेता श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) आन्तरिक रुपमा एकताबद्ध हुन नसकेको बताएका हुन् । उनले दसौँ महाधिवेशनको म्याण्डेड विपरीत पार्टीको पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटी चयन भएका कारण पार्टीभित्र एकताको सन्देश जान नसकेको बताए । उनले यी तीनवटै कमिटी निष्पक्ष, पारदर्शी र सर्वसम्मत मापदण्डका आधारमा नबनेकाले यसमाथि समीक्षा गर्नुपर्ने बताए ।
उनले सबैलाई समेटेर पार्टीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्ने भन्दै यसका निम्ति पार्टीको नेतृत्वलाई पनि सकारात्मक रुपमा पाएको बताए ।
उनले भने – ‘हामीले यो पार्टीलाई जन्म दिँदा जे लक्ष्य, उद्देश्य र कार्यक्रम बोकेका हौँ । विचार बोकेका हौँ । त्यो दिशामा यो पार्टीलाई अगाडी बढाऔँ । महाधिवेशनले जुन खालको उत्साह, उमङ्ग र सक्रियता आउनुपर्ने हो त्यसमा यसले निराशामा रूपान्तरण गर्ने काम गर्यो । ती कुराहरूलाई अन्त्य गर्नुपर्छ र सबैलाई समेटेर पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर लानुपर्छ । त्यसैले हामीले गरेका कामहरूको समीक्षा गरौँ । महाधिवेशनको हलको म्याण्डेडलाई हेरौँ । त्यो अनुसार पार्टीलाई अगाडी बढाऔँ भन्ने हिसाबले ज्ञापन पत्र दियौँ । नेतृत्वसँग बसेर छलफल गर्‍यौँ । नेतृत्व पार्टीलाई बलियो बनाएर जानुपर्छ । सबैको भूमिकालाई समेटेर, एकताबद्ध बनाएर जानुपर्छ भन्नेमा नेतृत्वको सकारात्मक भावना हामीले पाएका छौँ । महाधिवेशनको हलबाट दिएको सर्वसहमतीको म्याण्डेड थियो । त्यो म्याण्डेडलाई उल्लङ्घन गर्ने कसैको पनि अधिकार छैन । किनभने महाधिवेशन नै सर्वोच्च निकाय हो । महाधिवेशनको म्याण्डेडलाई हामी सबैले सम्झौँ । हेरौँ । समीक्षा गरौँ हाम्रा कामहरूको । विद्रोह गरेर पार्टी गठन गर्दा हामीले अगाडी सारेका मुद्दाहरू थिए, जुन विचार र कार्यक्रमहरू थिए । ती कुराहरूलाई हामीले कसरी अगाडी बढायौँ रु कत्तिको सफल हुन सक्यौँ रु कत्तिको सङ्गठनलाई हामीले त्यो ढंगबाट बिस्तार गर्न सक्यौँ । यो कुरालाई पनि समीक्षा गरौँ । समग्रतामा समीक्षा गरौँ । ताकि भोलि पार्टीलाई बलियो बनाउनका लागि, पार्टीलाई बिस्तार गर्नका लागि ।’
नेता श्रेष्ठले नेपाली समाजलाई समाजवादमा पुर्याउनका लागि एकीकृत समाजवादीको विकल्प नभएको बताए । उनले समाजवादको लक्ष्य प्राप्तिका लागि पनि पार्टीलाई बलियो बनाउनुपर्ने भन्दै पार्टी बलियो भएमा नेपाली समाजको निराशालाई चिर्ने बताए । उनले जनताको समृद्धि र अग्रगमनको चाहना पूरा गर्नका लागि पनि एकीकृत समाजवादी बलियो हुनुपर्ने धारणा राखे ।
उनले भने – ‘नेपाली समाजलाई समाजवादमा पु¥याउनका लागि यो पार्टीले महाधिवेशनबाट स्पष्ट रुपमा पहिलोपल्ट आफ्नो क्रान्तिको कार्यक्रम समाजवादी कार्यक्रम भनेर हामीले ल्याएका छौँ । त्यो लक्ष्यमा पुग्नका लागि पनि यो पार्टीलाई बलियो बनाउनुपर्छ । आजको आवश्यकता हो । नेपाली समाज र राजनीतिको लागि यो पार्टीलाई बलियो बनाउन सकियो भने मात्र नेपाली जनतामा देखिएका निराशालाई चिर्न सक्छौँ । जनताको समृद्धि र अग्रगमनको चाहाना पूरा हुनसक्छ । त्यसैले यो पार्टीलाई नै बनाउनुपर्छ भन्ने मनसाय छ ।’
उनले पार्टी भित्र देखिएका विभिन्न समस्याहरूको समाधान गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *