न्युजिल्याण्डले जित्यो आईसीसी महिला टी-२० विश्वकपको उपाधि

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ ।

दुबईमा आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड पहिलो पटक विश्व विजेता बनेको हो । न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि कप्तान लाउरा वलभार्टले २७ बलमा ४ चौका मदतमा सर्वाधिक ३३ रन बनाइन् । ताज्मिन ब्रिट्सले १७, कोल ट्राएओनले १४ र अनेरिई डेर्कसेनले १० रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई जितबाट रोक्न न्युजिल्याण्डका लागि रोसमेरी मेइर र अमेलिया केरले ३(३ विकेट लिए । यस्तै एइडेन कार्सन, फ्रान जोनास र ब्रकी हालिडेल समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि अमेलिया केरले सर्वाधिक ४३ रन बनाइन् । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरिन् ।

यस्तै ब्रुकी हालिडेले २८ बलमा ३ चौका प्रहार गर्दै ३८ रन जोडिन् । ओपनर सुजी बेट्सले ३१ बलमा ३२ रन बनाइन् । म्याडी ग्रीन १२ रनमा अविजित रहिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *