टी-२० आई सिरिज : अमेरिकाद्धारा नेपालसामु १५७ रनको लक्ष्य

काठमाडौं । टी-२० आई सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपाललाई अमेरिकाले जितका लागि १५७ रनको लक्ष्य दिएको छ ।

सोमबार बिहान अमेरिकाको डालसमा भएको सिरिजको अन्तिम खेलमा अमेरिकाले नेपाललाई जितका लागि १५७ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रनमा समेटियो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एकरएक विकेट लिए ।

यसअघि भएका दुवै खेल नेपालले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *