साफ महिला च्याम्पियनसिप : नेपाल र माल्दिभ्स तथा श्रीलंका र भुटानबीच खेल हुँदै

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा आज (सोमबार) नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको आयोजक नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने छ ।

यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । माल्दिभ्सविरुद्ध नेपाललाई जित आवश्यक छ । नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ ।

माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १-० ले पराजित भएको थियो । आजै श्रीलंका र भुटानबीच दिउँसो साढे १ बजे खेल हुनेछ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी छन् । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *