सुनको मूल्य बढेको बढ्यै,तोलाको कति पुग्यो ?

काठमाडौं । नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सोमाबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँ रहेको थियो । पाँच दिनदेखि सुनको मूल्यले निरन्तर बढिरहेको छ ।

त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *