बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक पक्राउ

काठमाडौँ । बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा नुवाकोट तादी गाउँपालिका–३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार समेत गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा सीताले आफ्नै घरमा बालिका तथा युवतीहरू राखी यौनधन्दा चलाउने गरेको, बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई आर्थिक प्रलोभनमा पारी ललाई फकाई बेश्याबृत्तिमा लगाएको खुल्न आएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *