छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ । बर्दिया, मधुवन नगरपालिका–४ बेलुवास्थित सडकमा लु.१ क ८६२ नम्बरको ट्रक र भे.९ प २०४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मधुबन नगरपालिका–५ बस्ने ५० वर्षीय तुल बहादुर गुरूङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल सानोश्री बर्दिया हुँदै बर्दिया अस्पताल गुलरियामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज बाँके रिफर गरिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्का बारा, जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित सडकमा बा.प्र.०१–००६ ख ५८६८ नम्बरको इभी गाडीको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका–१ पथलैया चोक बस्ने ४९ वर्षीय डम्बर बहादुर लामिछानेको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बारा, जितपुरसिमरा उपमहानगरपालिका–२० बसडिलवास्थित सडकमा ना.१ क ५७६२ नम्बरको बसले किचेर सोही ठाउँ बस्ने पर्सा वीरगंज महानगरपालिका–१७ घर भएका सुगुन प्रसाद यादवको छोरा ३ वर्षीय अमन यादवको आइतबार बेलुकी मृत्यु भएको छ । बसको चक्काले किच्दाँ गम्भीर घाइते भएका उनको बयोधा अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, घोराही उपमहागनरपालिका–१२ हापुर औलडाँडास्थित सडकमा बा.प्र.–०३–००१ च २९०९ नम्बरको पिकअपमा भे.३ प ९४९५ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३८ वर्षीय सुदिप लम्सालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *