करेन्ट लागेर २४ वर्षीया सहनीको मृत्यु

रौतहट । माधवनारायण नगरपालिका–९ बस्ने २४ वर्षीया रिङकु देवी सहनीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

गढिमाई नगरपालिका–७ धनाडीस्थित लागेको माहाबिरी झण्डा मेलामा जडान गरेको विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको गरूडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *