छविलाल जोशीलाई जहाजमार्फत बुटवल लगियो
मकालु खबर
२०८१ कार्तिक ५ गते
काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ ।
उनलाई बयानका लागि जहाजमार्फत बुटवल लगिएको हो । जोशीमाथि इलाका प्रहरी कार्यालय बुटवलमा मुद्दा छ ।
सुप्रिम सहकारीको अपचलन प्रकरणमा बयानका लागि जोशीलाई बुटवल लगिएको हो ।
उनी कास्की प्रहरी हिरासतमा रहेका थिए । बयान सकिएपछि उनलाई पुनः पोखरा पठाइने छ ।
मकालु खबर
२०८१ कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित