ओल्गा असाधारण समाजसेवी हुन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओल्गा डेविस मरी असाधारण सामाजसेवी रहेको बताएकी छन् ।

ललितपुर महानगरपालिका वडा नं. २२ चुनिखेल ओल्गापुरी भिलेजमा आयोजित स्वर्गीय ओल्गा डेविस मरीको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

नेपाल युथ फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा मन्त्री राणाले ओल्गाले जीवनमा आफूलाई हजारौँ बालबालिकाहरुको भविष्य निर्माणमा महत्वपूर्ण मुद्दामा निःस्वार्थ रूपमा समर्पित गरेर असाधारण काम गरेको बताइन् ।

ओल्गा डेविस मरी नेपाल युथ फाउण्डेशनको संस्थापक ओल्गा डेविस मरी हुन् । उनले फाउण्डेशनमार्फत विगत ४० वर्षदेखि नेपाली बालबालिकाहरुकालागि आफ्नो जीवन समर्पित गर्दै आएका थिए ।

मन्त्री राणाले भनिन्– ‘ओल्गा एक असाधारण समाजसेवी हुन्, जसलाई म यहाँका हरेक बालबालिकामा पाउँछु, उहाँले गर्नुभएको कामले हामी सबैलाई छोएको छ, जब मैले ओल्गाको सालिकलाई अनावरण गरेँ । तब मैले यहाँ उनले सृजना गरेको विरासत र उहाँले भबिष्य निर्माण गरिदिनुभएको हजारौं मानिसहरुको भावनालाई चीरस्मरणीय राख्न महत्वपूर्ण काम भएको महशुस गरेको छु ।’

ओल्गा डेविस मरीले पु¥याएको योगदान उच्च कदर गर्दै नेपाल सरकारले गोर्खा दक्षिणबाहु विभूषणबाट सम्मान गरेको थियो ।

सरकारले उनलाई नेपालको लागि आजीवन आवासीय भिसा समेत प्रदान गरेको थियो । ओल्गा मरीको ९८ वर्षको उमेरमा गत फेब्रुअरी २०२४ मा निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *