बीउ विजन विक्री वितरणमा कडाईका साथ अनुगमन हुन्छ : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले बीउ बिजन नियमावलीअनुसार बीउ विजन विक्री नगरे कारबाही हुने बताएका छन् ।

सोमवार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताए ।

उनले निजी तहबाट बीउ बिजन किनेर ल्याउने गरेको भन्दै कागजात नराखेका ठाउँमा बीउ बिजन नियमावलीअनुसार कारबाही हुने बताए ।

किसान पनि बीउ बिजनहरु किन्दा सचेत रहनुपर्ने बताए । उनले बीउ विजन विक्री वितरणमा कडाईका साथ अनुगमन गर्ने बताए ।

बाढी, पहिरो र डुबानका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा करिव ६ अर्ब नोक्शानी भएको बताए । विपद्बाट प्रभावित किसानलाई राहत उपलब्ध गराउने विषयमा सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्म कामअघि बढाइसकेको जानकारी दिए ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि केही नीतिगत तथा संस्थागत सुधार र कृषकहरुलाई उपलब्ध गराइने सहुलियत÷सेवा प्रवाहमा सुधार गर्ने प्रयास भएको छ ।

रासायनिक मलको सहज उपलब्धता, दुग्ध कृषकलाई दिनुपर्ने भुक्तानी, उखु किसानले पाउनुपर्ने प्रोत्साहन अनुदानको निकासा, बाली बीमा कार्यक्रमको प्रभावकारी रुपमा सुचारु तथा कार्यान्वयन लगायतका महत्वपूर्ण उपलब्धिहरु हासिल भएको बताए ।

हालसम्मै उच्च मात्रामा रासायनिक मल आपूर्ति गर्न र उखु कृषकलाई समयमै प्रोत्साहन अनुदान उपलब्ध गराउन मन्त्रालय सफल भएको दाबी गरे ।

अधिकांश दुग्ध कृषकको जेठ मसान्तसम्मको भुक्तानी हुन बाँकी रकम उपलब्ध गराइएको र यस अवधिमा थप १ लाख ३५ हजार किसान सूचीकृत भएको जानकारी दिए ।

१ लाख ७९ हजार ७ सय पशुवस्तुमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको र पशुपंक्षीमा लाग्ने सङ्क्रामक रोगविरुद्ध ५० लाख मात्रामा खोप उत्पादन भई वितरण भएको बताए ।

मन्त्री अधिकारीले वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रुपमा मनाउने घोषणा गरेको र प्रयोगशाला सुविधासहितका १३ वटा एकीकृत कृषि तथा पशुपन्छी सेवा केन्द्र सम्बन्धित १३ वटा स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको बताए ।

खाद्य वस्तुको स्वच्छता तथा गुणस्तर कायम गर्न तथा नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउन खाद्यवस्तुको स्वच्छता तथा गुणस्तर जाँचका यन्त्रहरु जडित मोबाइल भ्यान सञ्चालनमा ल्याइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *