माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल, रेखा र प्रीतिको ह्याट्रिक

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्समाथि फराकिलो जित निकालेको छ ।

सोमवार दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० को फराकिलो जित निकाल्यो ।

नेपालको जितमा रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गोल गरिन् । रेखाले ह्याट्रिकसहित ५ गोल गरिन् । रेखाले ३२, ४२ औं र ४८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।

७ र ६५ औं मिनेटमा सुरुका दुई गोल गरेकी प्रीतिले ८८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।

यस्तै सविता राना मगर, अमिशा कार्की र अनिता केसीले १–१ गोल गरिन् ।

नेपालको २ खेलमा ४ अंक छ । भुटानको समान ४ अंक भएपनि गोल अन्तरमा नेपाल अघि छ । श्रीलंकाको ३ अंक हुँदा माल्दिभ्सले खाता खोलेको छैन ।

अब अन्तिम खेलमा नेपालले बराबरी गरे मात्र पनि सेमिफाइनलमा प्रवेश गर्नेछ ।

साफ अन्तर्गत बुधबार भारत र बंगलादेश साँझ ५:३० बजे खेल्नेछन् । समूह बी अन्तर्गत विहीबार दिउँसो १:३० बजे भुटान र माल्दिभ्स तथा साँझ ५:३० बजे नेपाल र श्रीलंका खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *