अबदेखि स्नातक तहका सबै परीक्षामा नेपालीमा पनि प्रश्नपत्र !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि स्नातक तहका प्रश्न पत्रहरू गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने निर्णय गरेको छ ।

आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उक्त निर्णय जानकारी दिँदै आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायको स्नातक तहका प्रश्न पत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने बताइन् ।

‘पहिलो चरणमा अहिलेलाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्न नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने बेहोरा समेत जानकारी गराउँदछु ।’ उनले भनेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *