अर्थमन्त्री पौडेल आज राति अमेरिका जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका जाने भएका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री आज राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने छन् ।

वासिङटन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेल कात्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *