बालुवाटार पुगेर चार प्रतिपक्षी दलले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

माओवादी केन्द्रसहितका प्रतिपक्षी दलका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । चार प्रतिपक्षी दलहरूले बाढी पहिरो पीडितहरूलाई समयमै राहत उपलब्ध गराउने लगायतका विषयमा ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरू प्रधानमन्त्रीलाई भेट्न सोमबार साँझ बालुवाटार पुगेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीलाई भेटेका थिए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्याल र सांसद शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देन पनि बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *