सिरियाको राजधानीमा इजरायली हवाई आक्रमण : २ जनाको मृत्यु

काठमाडौं । सिरियाको राजधानी दमास्कसको पश्चिममा सोमवार इजरायली हवाई आक्रमणमा दुई सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

मज्जेह छिमेकको पूर्वी भागमा रहेको गोल्डेन मज्जेह होटल नजिकै रहेको सवारी साधनमा भएको आक्रमणले वरपरका सम्पतीमा पनि भौतिक क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ ।

इजरायली पक्षले आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सिरियामा इजरायली सैन्य हमलाहरू बढ्दै गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *