सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी,आज तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी छ । आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै गइरहेको हो । सोहीअनुसार मंगलबार पनि छापावाल सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।

हिजो छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६ सय रुपैयाँ थियो । आज सुनको मूल्य हिजोको तुलनामा ३ सय रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो ।

यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *